Shikhar Insurance
National Life

सेयर धितो कर्जाको १५/२० करोड सिमा हटाउनुपर्छ, घरजग्गा कर्जा खुकुलो हुनुपर्छः अध्यक्ष मल्ल

सिंहदरबार संवाददाता
२०८० मंसिर १४, बिहीबार १८:५४
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मौद्रिक नीतिको समिक्षा आर्थिक स्थायित्व दिने किसिमको आउनुपर्ने बताएका छन् । उनले मुलुकको अर्थतन्त्र एकदमै संकुचित बनेको भन्दै अर्थतन्त्र चलायमान बनाउने हिसावले मौद्रिक नीतिको समिक्षा ल्याउन सुझाव दिए । उनले सेयर धितो कर्जाको सिमा १५।२० करोड हटाउनुपर्ने तथा घर जग्गा कर्जाको जोखिभ भारलाई पनि घटाउनुपर्नेमा जोड दिए ।

उनले सेयर बजार घरजग्गाको कारोबारलाई चलायमान बनाउने गरी मौद्रिक नीतिको समिक्षा आउन जरुरी रहेको प्रस्ट पारे । उनले देशमा भएको प्राकृतिक स्रोत साधनको प्रवद्र्धन गरी उपभोग र निर्यातको लागि आवश्यक मौद्रिक नीति र बैंकको ब्याजदर आवश्यक हुन्छ भन्नेकुरा बुझ्न आवश्यक रहेको बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यसैगरी, चालु खर्चलाई कस्ने र उद्योग व्यवसाय चलायमान हुने गरी बैंकको ब्याजदर एकल अंकमा ल्याउने नीति ल्याउन सुझाव समेत दिएका छन् । ‘मौद्रिक नीतिको समिक्षा आर्थिक स्थायित्व दिने किसिमको आउनुपर्छ । मुलुकको अर्थतन्त्र एकदमै संकुचित बनेको अवस्था भएकाले अर्थतन्त्र चलायमान बनाउने हिसावले मौद्रिक नीतिको समिक्षा आउनुपर्छ । शेयर बजार घरजग्गाको कारोबार पनि चल्नेगरी समिक्षा आउनुपर्छ । देशमा भएको प्राकृतिक स्रोत साधनको प्रवद्र्धन गरी उपभोग र निर्यातको लागि आवश्यक मौद्रिक नीति र बैंकको ब्याजदर आवश्यक हुन्छ भन्नेकुरा बुझेर संयमताका साथ ल्याउनुपर्छ ।

चालु खर्चलाई कस्ने र उद्योग व्यवसाय चलायमान हुनेगरी बैंकको ब्याजदर एकल अंकमा ल्याउने किसिमको समिक्षा ल्याउन आवश्यक छ । मौद्रिक नीति आर्थिक नीतिलाई सहयोग पुग्ने किसिमको हुनुपर्छ । ६ प्रतिशतको आर्थिक वृद्धिदर गर्ने सरकारको लक्ष्यलाई धेरै कम हुन नदिनेगरी मौद्रिक नीतिको समिक्षा ल्याउनुपर्छ । सबै उद्योगी व्यवसायीहरुलाई एउटै बास्केटमा राखेर उद्योग व्यवसाय सञ्चालनको लागि हुने कर्जा प्रवाहमा खुकुलो गरेजस्तो गर्ने तर अर्कोतिरबाट टाइट गर्ने काम गर्नुभएन’ उनले भने ।

अध्यक्ष मल्लले सबै उद्योगी व्यवसायीहरुलाई एउटै बास्केटमा राखेर उद्योग व्यवसाय सञ्चालनको लागि हुने कर्जा प्रवाहमा खुकुलो गरेजस्तो गर्ने तर अर्कोतिरबाट टाइट गर्ने काम गर्ने नीति खारेज गर्न माग गरे । उद्योगी व्यवसायीले शेयर कर्जाको जोखिम भार घटाउनुपर्ने, शेयर कर्जामा १५–२० को सीमा हटाउनुपर्ने, घरजग्गा कर्जामा जोखिम भार घटाउनुपर्ने माग गर्दै आएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्