Shikhar Insurance
National Life

नेप्सेमा लगातार चौथो दिन गिरावट,कारोबार रकममा सुधार

सिंहदरबार संवाददाता
२०८० मंसिर १४, बिहीबार १५:३२
Hyundai
NCELL
NIMB

काठमाडौं । सेयर बजारमा लगातार चौथो दिन गिरावट आएको छ । सोमबारदेखि लगातार ओरालो लागेको नेप्सेले आज पनि सोही लय कायम राखेको हो । आइतबार एकैदिन ४७ अंकले बढेको नेप्से त्यसपछिका ४ दिनमा ४९ अंकले घटेको छ ।

सूचकमा गिरावट आए पनि आज कारोबार रकममा भने सुधार आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ३१ करोड बढेर १ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बिहीबार नेप्से परिसूचक १८.०६ अंकले घटेर १८५८.५३ विन्दुमा आइपुगेको छ । यसदिन २८९ कम्पनीको ४५ लाख ९५ हजार ५३३ कित्ता सेयर किनबेच भएको छ । आज जम्मा ३२ कम्पनीको सेयर मूल्य बढेको छ भने २०१ को घटेको छ ।

कारोबारमा आएका १३ वटा उपसमूहमध्ये म्युचुअल फण्ड बाहेक अरु सबैको परिसूचक राताम्मे भएको छ । हाइड्रोपावर उपसमूहको परिसूचक सबैभन्दा धेरै १.७३ प्रतिशतले घटेको छ ।

आज नेपाल इन्स्योरेन्सको प्रमोटर सेयर सर्वाधिक कारोबार भएको छ । यसको ११ करोड ६७ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

दोहोरो अंकले घटेको बजारमा आज तीन कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । माउन्टेन इनर्जी, विजय लघुवित्त र युनाइटेड इदीमर्दी हाइड्रोपावरको सेयर मूलय ठ्याक्कै १० प्रतिशतले घटेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्