Skip to content
Shikhar Insurance
National Life

नेपालमा पहिलो पटक समलिंगी विवाह दर्ता

Hyundai
NCELL
NIMB

लमजुङ । नेपालमा पहिलो पटक समलिंगीको विवाह दर्ता भएको छ। लमजुङ दोर्दी गाउँपालिका २ का रामबहादुर गुरूङले नवलपरासी कावासेती नगरपालिका ८ का सुरेन्द्र पाण्डेसँग गरेको विवाह कानुनी रूपमा दर्ता भएको गाउँपालिका अध्यक्ष युवराज अधिकारीले जानकारी दिए।

राष्ट्रिय पञ्जिकरण विभागले पनि गाउँपालिकालाई उक्त आदेश अनुसार विवाह दर्ता गर्न पत्र लेखेको छ।

यसअघि समलिंगी विवाह दर्ता गर्न मिल्ने वा नमिल्ने विषयमा सर्वोच्च अदालतमा रिट दायर भएको थियो । उक्त रिटमा सर्वोच्चले समलिंगी विवाह दर्ता गरी अस्थायी अभिलेख राख्न अन्तरिम आदेश जारी गरेको थियो।

 

GBIME

प्रतिक्रिया दिनुहोस्