काठमाडौं । सोमबारदेखि लगातार ओरालो लागेको नेप्सेमा आज दोहोरो अंकको गिरावट आएको छ । पछिल्ला ३ कारोबार दिनमा नेप्से ३० अंकले घटेको छ । सूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम २७ करोड घटेर १ अर्ब १ करोडमा सीमित भएको छ ।
बुधबार नेप्से परिसूचक १७.९३ अंकले घटेर १८७६.६० विन्दुमा आइपुगेको छ । यसदिन २८५ कम्पनीको ३३ लाख ५९ हजार ६०१ कित्ता सेयर किनबेच भएको छ । आज बजारमा ४२ कम्पनीको सेयर मूल्य बढेको छ भने १९० कम्पनीको सेयर मूल्य घटेको छ ।
आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये अन्य बाहेक अरु सबैको परिसूचक राताम्मे भएको छ । उत्पादनमूलक उपसमूहको परिसूचक सबैभन्दा धेरै २.१३ प्रतिशतले घटेको छ । आज सोनापुर सिमेन्टको सेयर सर्वाधिक किनबेच भएको छ । यसको सवा ६ करोड रुपैयाँको कारोबार भएको छ ।
घट्दो बजारमा पनि विजय लघुवित्तको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यस कम्पनीका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।
आज बुद्धभूमि नेपाल हाइड्रोपावरका सेयरधनीले भने सर्वाधिक ९.९८ प्रतिशत गुमाएका छन् ।
प्रतिक्रिया दिनुहोस्