Shikhar Insurance
National Life

सुनको मूल्य हालसम्मकै उच्च,कतिमा हुँदैछ कारोबार ?

सिंहदरबार संवाददाता
२०८० मंसिर १३, बुधबार १२:३३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) पनि सुनको मूल्य वृद्धि भएको छ । लगातार बढिरहेको सुनको मूल्य आज तेस्रो दिन पनि हालसम्मकै उच्च बिन्दुमा पुगेको हो।

सोमबार र मंगलबार उच्च बिन्दुमा पुगेको सुनको मूल्यले बुधबार पुनः नयाँ रेकर्ड कायम गरेको छ । मंगलबार प्रतितोला एक लाख १७ हजार सात सय रूपैयाँमा कारोबार भएको सुन बुधबार प्रतितोला १६ सय रुपैयाँ वृद्धि भएर एक लाख १९ हजार तीन सय रूपैयाँ पुगेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अघिल्लो दिन अर्थात् सोमबार तोलामा तीन सय रूपैयाँ बढेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार छ सय रूपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार सात सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, बुधबार सुनसंगै चाँदीको मूल्य पनि वृद्धि भएको छ । मंगलबार प्रतितोला १५ सय रुपैयाँमा कारोबार भएको चाँदी प्रतितोला २० रुपैयाँ वृद्धि भई १५ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्