काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीको प्राथमिक साधरण सेयर (आइपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले दोस्रो चरणमा मंसिर ८ गतेदेखि सर्वसाधारणका लागि बिक्रीमा ल्याएको सेयरमा आवेदन दिने आज अन्तिम दिन हो ।
कम्पनीले सर्वसाधरणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ११ करोड ४८ लाख रुपैयाँ बराबरको ११ लाख ४८ हजार कित्ता सेयर बिक्रीमा ल्याएको छ ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन पाउने छन् ।
सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरुका साथै मेरोसेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल रहेको छ ।
प्रतिक्रिया दिनुहोस्