Shikhar Insurance
National Life

सुनको मूल्य नयाँ रेकर्ड कायम, कतिमा हुँदैछ कारोबार ?

सिंहदरबार संवाददाता
२०८० मंसिर ११, सोमबार ११:३७
Hyundai
NCELL
NIMB

काठमाडौं । मंसिर ११ गते सोमबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । यसअघि कात्तिक ११ गते नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य पुनः एक महिनापछि रेकर्ड तोडेको हो ।

आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार सोमबार छापावाला सुन प्रतितोला १ लाख १७ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । जुन हालसम्मकै उच्च मूल्य हो। आइतबार छापावाला सुन प्रतितोला एक लाख १६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यसैगरी, सोमबार तेजावी सुन प्रतितोला एक लाख १६ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन अर्थात आइतबार तेजावी सुन एक लाख १६ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, सोमबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ५०० रुपैयाँ पुगेको छ। आइतबार चाँदी प्रतितोला १ हजार ४८५ रुपैयाँमा कारोबार भएको थियो।

महासंघले अन्तरर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको मूल्य निर्धारण गर्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्