काठमाडौं । साताको पहिलो कारोबारको दिन सेयर बजार उच्च अंकले बढेर बन्द भएको छ । आइतबार नेपाल स्टक एक्सञ्चेन्ज (नेप्से) परिसूचक ४७.७५ अंक बढेर १,९०७.९५ को विन्दुमा बन्द भएको हो ।
त्यसैगरी, ठूला कम्पनीकाे सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि ७.८३ अंक बढेर ३६४.८१ को विन्दुमा पुगेको छ भने, फ्लोट इण्डेक्स ३.३० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.३७ अंक बढेको छ।
आइतबार दिनभरीमा २९४ कम्पनीको ६५ लाख ३० हजार ६४३ कित्ता सेयर २ अर्ब १ करोड १७ लाख ६३ हजार रुपैयाँमा खरिदबिक्री भए । कारोबारमा आएको २१४ कम्पनीकाे सेयर मूल्य बढेको छ । २३ कम्पनीकाे घटेको छ भने, ३ कम्पनीको सेयर मूल्य स्थिर छ ।
नेप्सेका अनुसार दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यसदिन छ्याङ्गदी हाइड्रोपावर र भगवती हाइड्रोपावरको सेयर सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।
त्यस्तै, विजय लघुवित्तको सेयर मूल्य ९.९९ प्रतिशत, स्वारोजगार लघुवित्त वित्तीय विकास बैंकको ९.८९ प्रतिशत, रावा इनर्जिको ९.८८ प्रतिशतले बढेको छ । अन्य ५ कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ । कारोबारमा आएको इन्फिनिटी लघुवित्तको सेयर मूल्य सबैभन्दा बढी २.४७ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा सोनापुर मिनरल्स शीर्ष स्थानमा रहेको छ। यस दिन कम्पनीको ११ करोड ६६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यसैगरी, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ७ करोड ५६ लाख,नबिल बैंकको ७ करोड ३७ लाख, सिटिजस लाइफ इन्स्योरेन्सको ६ करोड ३४ लाख र आइएमई लाइफ इन्स्योरेन्सको ५ करोड ९८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ४.४४ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन वित्त, जलविद्युत, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक र लघुवित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।
प्रतिक्रिया दिनुहोस्