Shikhar Insurance
National Life

नियम तोड्ने बैंकहरुमाथि आरबीआईको डण्डा, तिरायो करोडौं जरिवाना

सिंहदरबार संवाददाता
२०८० मंसिर ९, शनिबार १३:०६
Hyundai
NCELL
NIMB

काठमाडौं । रिजर्भ बैंक अफ इण्डिया(आरबीआई)ले आधा दर्जन भन्दा बढी बैंकहरुमाथि कारवाहीको डण्डा चलाएको छ । आरबीआईले बैंक अफ बरोडा सहित अन्य तीन बैंक माथि नगद १० करोड जरिवाना तिराएको छ भने अन्य पाँच सहकारी बैंकमाथि पनि कारवाही गरेको छ । आरबीआईले एउटा बैंकको सञ्चालक समिति भंग गरेर आफ्नो नियन्त्रणमा लिएको छ ।

आरबीआईले बैंक अफ बरोडा, सीटी बैंक र इण्डियन ओभरसिज बैंकलाई १०.३५ करोड रुपैयाँ नगद जरिवाना गराएको हो । सीटी बैंकले सबै भन्दा धेरै ५ करोड जरिवाना तिरेको छ भने बैंक अफ बरोडालाई पनि ४.३४ करोड रुपैयाँ जरिवाना तिराएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यी बैंकहरुले वित्तिय साक्षरतामा ध्यान नदिएको, बचतकर्तालाई आवश्यक जानकारी उपलब्ध नगरााएको तथा वित्तिय सेवामा आउटसोर्सिङ गराएको आरोपमा जरिवाना गरिएको हो । त्यस्तै, इण्डियन ओभरसिज बैंकले एक करोड रुपैयाँ जरिवाना तिरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्