Shikhar Insurance
National Life

चार महिनामा साढे ४ खर्ब नाघ्यो व्यापार घाटा

सिंहदरबार संवाददाता
२०८० मंसिर ८, शुक्रबार १५:३९
Hyundai
NCELL
NIMB

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चौमासिक अवधिसम्ममा मुलुकको व्यापार घाटा साढे चार खर्ब नाघेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापारसम्बन्धी कात्तिक मसान्तसम्मको तथ्याङ्कअनुसार यो अवधिमा नेपालले कूल ४ खर्ब ६१ अर्ब ९३ करोड ८० लाख ९३ हजार बराबरको व्यापारघाटा व्यहोरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

भन्सार विभागका अनुसार गत आर्थिक मसान्तसम्ममा कूल ५ खर्ब ६३ अर्ब ६ करोड ८८ लाख ५४ हजार बराबरको वैदेशिक व्यापार गर्दा ५ खर्ब १२ अर्ब ५० करोड ३४ लाख बराबरको आयात गरेको छ भने ५० अर्ब ५६ करोड ५३ लाख बराबरको मात्रै निर्यात गरेको छ ।

गत आवको पहिलो चौमासिक अवधिको तुलनामा चालु आवको सोही अवधिमा आयात तीन दशमलव ७९, निर्यात सात दशमलव ६८, व्यापार घाटा तीन दशमलव ३४ र समग्र वैदेशिक व्यापार चार दशमलव १५ प्रतिशतले घटेको छ ।

नेपालको सबैभन्दा ठूलो वैदेशिक व्यापार साझेदार भारत हो । चालु आवको पहिलो चौमासिक अवधिमा नेपालले भारतसँग कूल ३ खर्ब ४७ अर्ब तीन करोड बराबरको व्यापार गर्दा २ खर्ब ८१ अर्ब दुई करोड बराबरको व्यापार घाटा व्यहोरेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्