Shikhar Insurance
National Life

सामान्य अंकले बढ्यो सेयर बजार, नबिल बैंकको सेयर सर्वाधिक कारोबार

सिंहदरबार संवाददाता
२०८० मंसिर ७, बिहीबार १५:२२
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयर बजार सामान्य अंकले बढेको छ । बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.८७ अंक बढेर १,८६०.२० को विन्दुमा बन्द भएको हो ।

त्यसैगरी, ठूलो कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि २.७६ अंक बढेर ३५६.९८ को विन्दुमा पुगेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन १ अर्बको सेयर कारोबार भएको बजारमा यस दिन २९२ कम्पनीको ४८ हजार ४९३ पटकको कारोबारमा १ अर्ब ३४ करोड ८३ लाख रुपैयाँ बराबरको ४४ लाख २० हजार कित्ता सेयर खरिदबिक्री भएको छ। कारोबारमा आएको १६१ कम्पनीको सेयर मूल्य बढेको छ । ६७ कम्पनीको सेयर मूल्य घटेको छ भने, १० कम्पनीको सेयर मूल्य स्थिर छ ।

नेप्सेका अनुसार बुद्ध भुमि नेपाल हाइड्रोपावर कम्पनीको सेयर मूल्य सर्वाधिक ९.९७ प्रतिशतले बढेको छ । त्यस्तै, थ्रिस्टार हाइड्रोपावर कम्पनीको ८.५८ प्रतिशत, सिक्लेस हाइड्रोपावर कम्पनीको ८.५४ प्रतिशत र सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको ८.२५ प्रतिशत सेयर मूल्य बढेको छ । अन्य कम्पनीको सेयर मूल्य साढे ६ प्रतिशत भन्दा कमले बढेको छ । कारोबारमा आएको नबिल बैंकको सेयर मूल्य सबैभन्दा बढी ८.२० प्रतिशतले घटेको छ ।

कारोबार रकमको आधारमा नबिल बैंक शीर्ष स्थानमा छ । बैंकको १३ करोड १० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

त्यसैगरी, सोनापुर मिनरल्स एण्ड आयलको ९ करोड ५८ लाख, सानिमा जिआईसी इन्स्योरेन्सको ५ करोड ४१ लाख, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको ५ करोड ३० लाख र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ५ करोड २१ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

१३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। यस दिन जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ३.३७ प्रतिशत बढेको छ। त्यस्तै, विकास बैंक, वित्त, जलविद्युत, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन बैंकिङ्ग, लघुवित्त र अन्य उपसमूहको परिसूचक घटेको हो।

GBIME

प्रतिक्रिया दिनुहोस्