काठमाडौं । नबिल बैंकका लगानीकर्ताले ११ प्रतिशत नगद लाभांश पाउने भएका छन् । बैंकले गत आर्थिक बर्षको नाफाबाट आफ्ना लगानीकर्ताहरुलाई ११ प्रतिशत नगद लाभांश दिने प्रस्ताव सञ्चालक समितिबाट पास गरेको हो ।
२०८०/०८/०७ गतेको बैंक सञ्चालक समितिको बैंठकले सो प्रस्ताव पास गरेको हो ।
नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारण सभाबाट पास भएपछि बैंकका लगानीकर्ताले सो मात्रामा नगद लाभांश पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस्