काठमाडौं । बुधबार सेयर बजार बढेर बन्द भएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २०.६७ अंक बढेर १८५०.३३ विन्दुमा पुगेको हो।
त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.१५ प्रतिशत बढेको छ भने फ्लोट इण्डेक्स १.२३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४९ अंक बढेको छ।
यस दिन २९४ कम्पनीको ४३ हजार ५८३ पटकको कारोबारमा १ अर्ब ८ करोड ७० लाख रुपैयाँ बराबरको ४२ लाख १३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ। कारोबारमा आएको १९५ कम्पनीको सेयर मूल्य बढेको छ । ४० कम्पनीको घटेको छ भने, ३ कम्पनीको सेयर मूल्य स्थिर छ ।
यस दिन जलविद्युत कम्पनीहरुमा लगानीकर्ता आकर्षित भएको देखिन्छ। सर्वाधिक सेयर मूल्य बढेका शीर्ष १० कम्पनीहरुमध्ये ९ वटा जलविद्युत कम्पनी रहेका छन्। जलविद्युत कम्पनीहरुको सेयर मूल्य उच्च दरमा बढेसँगै यस उपसमूहको परिसूचक २.३६ प्रतिशत बढेको छ।
त्यस्तै, यस दिन वित्त, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक भने सामान्य घटेको छ।
यस दिन बुद्धभुमि नेपाल हाइड्रोपावरको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, यस दिन पञ्चकन्या माइ हाइड्रोपावर, माथिल्लो मैलुङ्ग खोला जलविद्युत, थ्रिस्टार हाइड्रोपावर र पिपुल्स हाइड्रोपावरको सेयर मूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आउको सयपत्री हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ८.१५ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन सोनापुर मिनरल्स एण्ड आयल शीर्ष स्थानमा रहेको छ। कम्पनीको १० करोड ७६ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ। त्यस्तै, प्राइम कमर्सियल बैंकको संस्थापक सेयर १० करोड २० लाख, मुक्तिनाथ विकास बैंकको संस्थापक सेयर ५ करोड २२ लाख र हाथ्वे इन्भेष्टमेण्ट नेपालको ४ करोड १ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
यसदिन १३ उपसमूहमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सबैभन्दा बढी बढेको छ। बढेका १२ उपसमूहमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ३.४९ प्रतिशत बढेको हो।
प्रतिक्रिया दिनुहोस्