काठमाडौं । अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । बुधबार अमेरिकी डलरले नयाँ रेकर्ड बनाएको हहो ।
नेपाल राष्ट्र बैंकको एक्चेन्ज रेट अनुसार बुधबार डलरको मूल्य १३३ रुपैयाँ ६८ पैसा पुगेको छ । नेपाल राष्ट्र बैंकबाट नेपालीले १ डलर साट्नको लागि १३३ रुपैयाँ ६८ पैसा तिर्नु पर्दछ । यो हालसम्मकै उच्च मूल्य हो । यो विनिमय दर वाणिज्य बैंक तथा अन्य मुद्र सटाही गर्ने कम्पनीको भन्दा फरक हुन सक्छ ।
मंगलबार डलरको खरीद दर १३३.०५ रुपैयाँ तथा बिक्रीदर १३३.६५ रुपैयाँ तोकेको थियो । भारतिय रुपियाँसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर कायम छ । डलरको मूल्यले उचाई बनाएसँगै नेपाली रुपैयाँ इतिहासकै कमजोर बनेको छ।
कुन मुद्राको विनिमय दर कति ?
प्रतिक्रिया दिनुहोस्