काठमाडौं । के तपाई म्युचुअल फण्डमा लगानी गर्ने सोच बनाइराख्नु भएको छ वा गरिरहेको लगानीले उच्चतम प्रतिफल नदिएर हैरनी व्यहोर्नु भएको छ ? प्रतिस्पर्धी बजारमा यहाँले पर्याप्त समय दिन नसक्नु भएको हुनसक्छ । जसकारण आकर्षक प्रतिफलको यहाँको आस बालुवामा पानी सावित हुन बेर लाग्दैन् ।
एन आई सी क्यापिटलले एन आई सी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गतको रु.१ अर्ब आकार भएको बन्दमुखी योजना एन आई सी ग्रोथ फण्ड–२ यही मिति २०८० मंसिर ४ गतेदेखि ७ गतेसम्म सर्वसाधरण तथा संघसंस्थाले खरिद गर्न मिल्ने गरी निष्काशन तथा बिक्री खुल्ला गरिसकेको छ । माग बमोजिमको आवेदन नपरेको खण्डमा मात्र बढीमा मंसिर १८ गतेसम्म समय विस्तार हुनसक्ने क्यापिटलले जनाएको छ । १० रुपैयाँ अंकित मूल्य तोकिएको यस कोषका इकाईहरु कम्तिमा १०० र बढीमा एक करोड इकाईसम्म आवेदन दिन सकिने छ । यस हिसाबले हेर्दा एक हजारदेखि १० करोड रुपैयाँसम्म लगानी गर्न सकिन्छ ।
कूल रु.१ अर्ब आकार भएको यस बन्दमुखी योजनाको १५ प्रतिशत इकाई कोष प्रवर्द्धक बैंक एनआइसी एसिया बैंकले बीज पूँजीको रुपमा लगानी गरिसकेको छ । बाँकी रहेको रु.१० अंकित दरका ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि खुला गरिएको हो । योजनाको इकाई खरिदको लागि अधिकतम माग भएमा योजनाको आकार रु.१ अर्बबाट बढाई रु.१ अर्ब २५ करोडसम्म कायम गर्न सकिने समेत क्यापिटलले जनाएको छ ।
एन आई सी एशिया ग्रोथ फण्ड—२ ले आफ्नो कुल रकमको ७५ प्रतिशत इक्वीटीमा लगानी गर्ने गरी संचालनमा आउन लागेको छ । शेयर बजार तल्लो बिन्दुमा रहनु तथा सूचिकृत कम्पनीहरुको बजार मुल्य निकै सस्तो रहेको बेल उक्त फण्डले राम्रा मानिएका कम्पनीहरुमा छानी छानी लगानी गर्ने अवसर छ । फलस्वरुप योजनाको इकाईमा लगानी गर्ने लगानीकर्ताहरुले उच्च प्रतिफल प्राप्त गर्न सक्ने देखिन्छ ।
स्वीकृत विवरणपत्र अनुसार योजनाले क्रमश: पहिलो वर्ष ११%, दोश्रो वर्ष १३%, तेश्रो वर्ष १६%, चौंथो वर्ष १८ %, पाँचौं वर्ष २०% छौठौं वर्ष २२% र सातौं वर्ष अर्थात योजना समाप्त हुँदा ६८% भन्दा बढी थप गरी योजनामा गरेको रकम फिर्ता गर्ने लक्ष्य राखेको छ । जसअनुसार योजनामा लगानी गर्ने लगानीकर्ताहरुलाई वार्षिक औषतमा २४.०४५ प्रतिफल वितरण गर्ने प्रक्षेपण गरेको छ भने कूल अनुमानित प्रतिफल १६८.२५ प्रतिशत रहेको छ ।
हाल एन आई सी एशिया क्यापिटलले संचालन गरिरहेको योजनाहरुले बजारमा तिब्र उतार चढाव आउदा समेत नियमित प्रतिफल वितरण गर्न सफल भएको देखिन्छ । जसले गर्दा ग्रोथ फण्ड २ वटा समेत उच्च प्रतिफलको आसा गर्न सकिन्छ ।
यस योजनामा गरिएको लगानीबाट उच्च प्राप्त गर्न सकिने प्रमुख आधार भनेको कोष व्यवस्थापकको उच्च व्यवस्थापकिय तहमा रहेका अधिकारीहरुको इन्भेष्टमेण्ट बैंकिङ्ग तथा मर्चेण्ट बैंकिङ्ग क्षेत्रमा लामो अनुभव हासिल गरेका छन् । योजना व्यवस्थापक एन आई सी एशिया क्यापिटलले ईक्रा नेपाल लिमिटेडले ICRA Nepal – “[ICRANP] AMC Quality 3+ (AMC3+)” प्रदान गरेको छ । जसले “Adequate Assurance on Management Quality”भन्ने आधार जनाउदछ ।
एन आई सी एशिया ग्रोथ फण्ड–२ धितोपत्रको दोश्रो बजार न्युन बिन्दुमा रहेको समयमा निष्काशन भएको र फण्डमा संकलित रकम मध्ये अधिकांश रकम सूचिकृत कम्पनीहरुमा लगानी गर्ने भएको हुँदा शेयर बजारमा आउने बृद्धि संघसगै योजनाले गरेको लगानीमा उचित प्रतिफल प्राप्त हुने देखिन्छ । म्युचुअल फण्डले आर्जन गरेको आयमा कर छुट भएको हुँदा समेत फण्डको आय बृद्धि हुने देखिन्छ । तसर्थ न्युन जोखिम लिई उच्च प्रतिफल प्राप्त गर्नको लागि लगानी सबैभन्दा उपयुक्त औजार एन आई सी एशिया ग्रोथ फण्ड–२ हुने देखिन्छ ।
उक्त एन आई सी एशिया ग्रोथ फण्ड–२ मा लगानी गर्नको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि–आस्वा सेवामा सहभागी सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरु र तीनका शाखा कार्यालयहरु वा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडद्वारा सञ्चालित मेरो शेयर ९ःभचय क्जबचभ० अनलाइन प्रणाली मार्फत आवेदन दिन सकिनेछ । साथै उक्त योजनाको सम्बन्धमा विस्तृत जानकारीको लागि स्वीकृत विवरण पत्र हेर्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्