Shikhar Insurance
National Life

मंसिरमा घट्यो बैंकको ब्याजदर, के अर्थतन्त्रले लय समात्न लागेको हो ?

सिंहदरबार संवाददाता
२०८० कार्तिक ३०, बिहीबार २०:०९
Hyundai
NCELL
NIMB

काठमाडौं । मंसिर महिनाका लागि अधिकांश वाणिज्य बैंकले मुद्धति निक्षेपको ब्याजदर घटाएका छन । मंसिर महिनाका लागि बैंकहरुले औषतमा ०.३३ प्रतिशत ब्याजदर घटाएका छन् । कात्तिक महिनामा बाणिज्य बैंकहरुको औसत ब्याजदर ९.९६ प्रतिशत रहेको थियो, मंसिरका लागि भने त्यस्तो ब्याजदर ९.६३ प्रतिशत कायम भएको छ । २० मध्ये १३ वटा बैंकले व्यक्तिगत र संस्थागत दुवै निक्षेपको ब्याजदर घटाएका हुन्।

मंसिर महिनाको लागि माछापुच्छ्रे बैंकको मात्र मुद्दति निक्षेपको ब्याजदर केहि बढाएको छ । मंसिरको लागि ६ बैंकले भने कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । यसपाली एनआइसी एशिया बैंकले सबैभन्दा धेरै ब्याजदर घटाएको छ । कात्तिकमा ११ प्रतिशतसम्म ब्याज दिंदै आएको यस बैंकले मंसिरमा भने ८.९६ प्रतिशतसम्म ब्याज दिने भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सबै भन्दा धेरै हिमालयन बैंकले १०.६० प्रतिशत मुद्दति निक्षेपमा ब्याजदर तोकेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार हाल बाणिज्य बैंकहरुको सीडी रसियो ८१.३१ प्रतिशतमा झरेको छ ।
बैंक तथा वित्तिय संस्थाहरुमा तरलताको मात्रा वृद्धि हुँदै गएका तथा निक्षेपको लागत घटाउनुपर्ने भएकाले बैंकहरुले ब्याजदर घटाउन थालेका हुन् ।

निक्षेपको ब्याजदर घटेसँगै अब ऋणको ब्याजदर पनि घट्नेछ । बैंकहरुले बजारमा ऋणको माग बढाउने गरि आफ्नो व्यवसायीक योजनना बनाउन थालिसकेका छन् । मंसिरदेखि अर्थतन्त्रले गति लिन सक्ने भन्दै बैंकहरुले त्यसको तयारी थालेका हुन् ।

‘ब्याजदर पनि क्रमशः घटिरहेको छ, ऋणको माग पनि विस्तारै बढ्न थालेको छ, मंसिरबाट अर्थतन्त्रमा केहि सकारात्मक संकेतहरु देखिनेछन्, हामी आशावादी भएका छौं ।’, नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले मासिक भेटघाट कार्यक्रममा भनेका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्