वासिङटन । अमेरिकी अर्थमन्त्री जेनेट येलेनले विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकबीच तनावपूर्ण सम्बन्धपछि वासिङ्टन र बेइजिङबीच ‘स्वस्थ आर्थिक सम्बन्ध’ पुनःस्थापित हुनुपर्नेमा जोड दिएकी छिन्् ।
युक्रेनमाथि आक्रमणका लागि रूसलाई रक्षा उपकरण आपूर्ति गर्ने चिनियाँ कम्पनीविरुद्ध एकतर्फी कदम चाल्न अमेरिकापछि नहट्ने उनले बताइन ।
“हामी हाम्रो अर्थतन्त्रलाई चीनबाट अलग गर्न चाहँदैनौँ”, सान फ्रान्सिस्कोमा चीनका उपप्रधानमन्त्री हे लिफेङसँग दुईदिने बैठकपछि येलेनले भनिन्, “यसले अमेरिका र चीन दुवैलाई हानि पु¥याउनुका साथै विश्वलाई अस्थिर बनाउनेछ ।
अमेरिकी राष्ट्रपति जो बाइडेन र चीनका प्रधानमन्त्री सी चिनफिङबीच आगामी साता क्यालिफोर्नियामा हुने एपेक (एसिया प्यासिफिक इकोनोमिक कोअपरेसन) शिखर सम्मेलनमा भाग लिन जानुअघि यो बैठक भएको हो ।
वासिङ्टन र बेइजिङबीचको सम्बन्ध विशेष गरी पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पालामा बिग्रिएको थियो, जसले चीनलाई घरेलु पारदर्शीताको रूपमा प्रयोग गरे र अमेरिकी उत्पादनलाई बढावा दिने आफ्नो अभियानको एक भागको रूपमा चिनियाँ आयातमा करवृद्धि गरे ।
बाइडेनको शासनकालमा वक्तव्यबाजीमा सुधार आएन र बेइजिङले रूससँगको सहकार्यलाई बढावा दिँदा सम्बन्ध थप तनावपूर्ण बनेको छ । हालैका महिनामा बाइडन प्रशासनले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन, येलेन र वाणिज्यमन्त्री जिना राइमोन्डोको चीन भ्रमणसहित केही स–साना कदम चालेको छ ।
येलेनले भनिन्, “विगत दुई दिनमा, चिनियाँ उपप्रधानमन्त्री र मैले यस जगलाई स्पष्ट, प्रत्यक्ष र उत्पादक वार्ताका साथ निर्माण गरेका छौँ ।” उनले भनिन्, “व्यक्तिगत कूटनीतिको विकल्प छैन, थप वार्ताका लागि अर्को वर्ष चीन जाने सहमति भएको छ ।” यद्यपि येलेनले आफ्ना समकक्षीलाई चेतावनी दिँदै चिनियाँ कम्पनीहरूले रूसद्वारा गरिएको युक्रेन आक्रमणमा सहयोग गरिरहेको कुरा वासिङ्टनलाई थाहा भएको बताइन् ।
उनले भनिन्, “हामीले प्रतिबन्धका कार्यक्रम लागू गरेका छौँ, तर रूसको सैन्य प्रयासका लागि महत्वपूर्ण उपकरणहरू अझै पनि प्रतिबन्धबाट बचिरहेका छन् र रूसलाई सहयोग पु¥याइएका छन् । यसप्रति हामी चिन्तित छौँ ।” येलेनले आफूले चिनियाँ सरकारको संलग्नताको आरोप नलगाएको तर केही चिनियाँ निजी कम्पनी साथै केही वित्तीय संस्थाहरू पनि ‘त्यो प्रवाहलाई सहज तुल्याउन’ संलग्न रहेको बताइन ।
“मैले हाम्रो कुराकानीमा जोड दिएँ । हामी चीनले यस बिषयमा कडा कदम चालेको हेर्न चाहन्छौँ”, उनले भनिन् “कुनै कदम नचालेमा वासिङ्टन थप प्रतिबन्ध लगाउन सक्छ ।”रासस
प्रतिक्रिया दिनुहोस्