काठमाडौं । राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले ५ सय र एक हजार दरका नोट खारेज गर्न माग गरेका छन्।
प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा बोल्दै सांसद शाहीले तत्काल पाँच सय र एक हजार दरका नोट खारेज गर्नुपर्ने माग राखेका हुन् ।
उनले अहिलेसम्म बजारमा गएको पैसा प्रणालीमा नफर्किएकाले पाँच सय र हजार दरका नोट खारेज गरि उच्चस्तरीय छानबिन समिती बनाउन पनि माग गरे।
उनले बैंकहरुको ऋण सिमित घरानाहरुले लिएको भन्दै आपत्ति पनि जनाए । सांसद शाहीले हरियो कृषिजन्य उपजको आयात तत्काल रोक्नुपर्ने माग पनि राखे ।
प्रतिक्रिया दिनुहोस्