Shikhar Insurance
National Life

विद्युतीय सवारी साधनको आयात बढेपछि राजस्व संकलन घट्याे- अर्थमन्त्री डा. महत

सिंहदरबार संवाददाता
२०८० कार्तिक २४, शुक्रबार १५:५१
Hyundai
NCELL
NIMB

काठमाडौं । अर्थमन्त्री डा.प्रकाश शरण महतले विद्युतीय सवारी साधनको आयात बढेपछि राजस्व संकलन घटेकाे बताएका छन् ।
प्रतिनिधि सभाको अर्थ समिती बैठकमा बोल्दै अर्थमन्त्री डा. महतले विद्युतीय सवारी साधनको आयात प्रवर्द्धन गर्ने नितिका कारण राजस्व संकलन प्रभावित भएको बताएका हुन् ।

यद्यपि गत आर्थिक बर्षको सोही अवधिको तुलनामा यसपालि राजस्व संकलन ९.३ प्रतिसतले वृद्धि भएको जानकारी पनि दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘विद्युतीय सवारी साधनको आयात वृद्धि हुँदा राजस्व कम संकलन भयो । हिजो पेट्रोलियमको सवारी आयातमा २ सय प्रतिसत सम्म राजस्व संकलन हुन्थ्यो, बिधुतिय सवारीमा १०-२०% मात्रै उठ्छ । राजश्वको परम्परागत प्रणालीलाई सिफ्ट गर्दा राजस्व धेरै वृद्धि नभएको हो । पेट्रोल डिजेलका गाडी अब विद्युतीयमा गयो, राजश्व कम भयो ।’, मन्त्री डा. महतले भने ।

उनले नेपालमा लगानीका लागि अन्तर्राष्ट्रिय माहोल बनेको पनि बताए । नेपालको जलविद्युतमा लगानी गर्न बिश्व बैंक, एशियाली बिकास बैंक र निजि क्षेत्र पनि तयार देखिदै गएको पनि बताए ।
बैशाखको पहिलो हप्ता लगानी सम्मेलन गर्ने निर्णय गरेर त्यसको तयारीमा जुटेको पनि उनले जानकारी दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्