Shikhar Insurance
National Life

एभरेष्ट बैंकको सञ्चालक समिति अध्यक्षमा डा. बालगोपाल वैद्य नियुक्त

सिंहदरबार संवाददाता
२०८० कार्तिक २४, शुक्रबार १५:४२
Hyundai
NCELL
NIMB

काठमाडौं । एभरेष्ट बैंक लिमिटेड सञ्चालक समितिको अध्यक्षमा डा. बालगोपाल वैद्य नियुक्त भएका छन् । मिति २०८०/०७/२३ गते सम्पन्न एभरेष्ट बैंकको ३६० औं सञ्चालक समितिको् बैठकले सञ्चालक समितिका सदस्य डा. बालगोपाल वैद्यलाई सञ्चालक समितिको अध्यक्ष नियुक्त गरको हो ।

साथै उनले आजै मिति २०८०/०७/२४ गतेका दिन नेपाल राष्ट्र बैंकका गभर्नर समक्ष पद तथा गोपनियताको शपथ लिएका छन् । विगत २० वर्ष देखि बैंकको सञ्चालक समिति सदस्य रहिरहेका डा. वैद्य लामो समयदेखि अर्थ विज्ञका रुपमा समेत परिचित छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

राष्ट्रिय योजना आयोगका पूर्व सदस्य रहिसकेका डा. वैद्यले फिलिपिन्सबाट अर्थशास्त्र विषयमा विद्यावारिधी गरेका छन् ।

साथै, वैद्य बोर्ड अफ ट्रष्टी र गरिबी निवारण कोषको सदस्य समेत रहेका थिए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्