Shikhar Insurance
National Life

३० प्रतिशतले बढ्यो रेमिट्यान्स, शोधनान्तर बचत ९९ अर्ब ७ करोड

सिंहदरबार संवाददाता
२०८० कार्तिक २४, शुक्रबार १४:५५
Hyundai
NCELL
NIMB

काठमाडौं । चालु आर्थक वर्षको असोज महिनाको अन्तिमसम्ममा रेमिट्यान्समा उल्लेख्य सुधार भएको छ । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनीक गर्दा उक्त कुरा जनाएको हो । राष्ट्र बैंकको रिपोर्ट अनुसार चालु आवको समीक्षा अवधिमा रेमिट्यान्समा ३०.० प्रतिशतले बढेर ३ खर्ब ६५ अर्ब ३४ करोड पुगेको छ ।

यो अघिल्लो वर्षको सोही अवधिमा भने १६.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्समा २५.९ प्रतिशतले बढेर २ अर्ब ७६ करोड पुगेको छ । अघिल्लो वर्ष यो ७.९ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख १३ हजार ३ सय ९७ र पुनः श्रम स्वीकृति लिनेको संख्या ४९ हजार २ सय ९७ रहेको छ ।  अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १ लाख ४ हजार ९ सय ३२ र पुनः श्रम स्वीकृति ५७ हजार ८ सय ६१ रहेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

चालु खाता एवम् शोधनान्तर स्थिति

चालु आवको समीक्षा अवधिमा चालु खाता ५९ अर्ब ९ करोडले बचतमा रहेको छ । यो अघिल्लो वर्षको सोही अवधिमा ३५ अर्ब २४ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २७ करोड ६७ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ४४ करोड ५२ लाखले बचतमा रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ५५.६ प्रतिशतले कमी आई १ अर्ब १५ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३ अर्ब ३७ करोडले धनात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर २ अर्ब ५९ करोड कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी ७ करोड ९६ लाखले धनात्मक रहेको थियो ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति ९९ अर्ब ७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १२ अर्ब ४३ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ९ करोड १८ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ७४ करोड ७२ लाखले बचतमा रहेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्