काठमाडौं । नेपाल धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठनले पुँजी बजार दिग्दर्शन (२०८०) लेखविशेषाङ्क सार्वजनीक भएको छ । नेपाल धितोपत्र बोड, खुमल्टार परिसरमा एक कार्यक्रममा संगठनले पुँजी बजार दिग्दर्शन (२०८०) लेखविशेषाङ्क सार्वजनीक गरेको हो ।
कार्यक्रम नेपाल धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठनका अध्यक्ष नारायण पौडेलको सभापतित्व र नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्दै नेपाल धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठनका अध्यक्ष नारायण पौडेलले “सृजनशीलताको नमुनाको रुपमा विमोचित प्रस्तुत लेखविशेषाङ्क हामी सबैको साझा प्रयासको परिणाम रहेको र वित्तीय सचेतना अभिबृद्घिमा समेत सहयोगी प्रयास रहेको बताए ।
सबैकोे साथ र सहयोग पाएमा यी र यस्तै खालका प्रकाशन एवं थप सृजनशील कार्य गर्न कर्मचारी संगठन क्रियाशील रहने कुरा समेत विश्वस्त पानर्’का साथैसाथै यी पर्वका माध्यमबाट हामी कर्मचारीहरुबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना गाढा बनाउँदै बृहत्तर एकता थप सुदृढ गर्नु पर्नेमा जोड दिए ।
प्रमुख आतिथीको रुपमा रहरेका बोर्डका अध्यक्ष रमेश कुमार हमालले पुँजी बजार दिग्दर्शन (२०८०) लेखविशेषाङ्क विमोचन गर्दै संगठनका यस्ता सृजनशील कार्यको लागि संगठनका अध्यक्ष नारायण पौडेल र सिंगो नेपाल धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठन प्रति बधाई र शुभ–दीपावली, छठ र नेपाल संवतको ११४४ को शुभकामना ब्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्