Skip to content
Shikhar Insurance
National Life

चैतेधानले पायो दोब्बर मूल्य, किसान उत्साहित

Hyundai
NCELL
NIMB

बेलबारी । गत वर्षभन्दा यस वर्ष चैतेधानको मूल्य दोब्बर भएपछि मोरङका किसान उत्साहित भएका छन् । गत वर्ष मनको ५ सय ५० देखि ६ सय रूपैयाँसम्म मूल्य पाएको चैतेधानले यस वर्ष १ हजार १ सयदेखि १ हजार २ सय ५० रूपैयाँ सम्ममा कारोबार भइरहेको छ ।

चैतमा रोपेर असारमा काटिने चैतेधानलाई खेतमै पुगेर व्यपारीले राम्रो मूल्य दिन थालेपछि उत्साहित बनेको मोरङ बेलबारी–११ का भगिरथ घिमिरेले बताए। “यसअघिका वर्षमा चैतेधानले किसानको उत्पादन गर्दा लाग्ने खर्च पनि उठाउँदैन थियो, तर यो वर्ष नसोचेको मूल्य पायौँ”, उनले भने।

चैतेधान लगाउने कृषकलाई कोसी प्रदेश सरकारले प्रोत्साहनस्वरुप प्रतिकठ्ठा ५ सय रूपैयाँ दिने निर्णय गरेको छ । तर। धेरै किसानले यो सुविधा थाहा नभएको जनाएका छन् । एक बिघा जमिनमा चैतेधान लगाउने गरेकाे बेलबारी–११ का दिपेन राईले प्रदेश सरकारको यो निर्णय थाहा नभएको त्यो सुविधा पाए किसानलाई राहत हुने बताए।

मोरङमा १ लाख ११ हजार खेतीयोग्य जमिन रहेको यसमध्ये २१ हजार ९ सय हेक्टरमा मात्र चैतेधान लगाउने गरिएको र ८३ हजार तीन सय हेक्टरमा बर्खेधान लगाउने गरिएको कृषि ज्ञान केन्द्र विराटनगरका प्रमुख रामदेव सिंहले बताए । उनले यसमा पाँच दशमलव पाँच मेट्रिक टन प्रतिहेक्टर धान उत्पादनको तथ्यांक रहेको बताए।

उचित मूल्यको कमीले चैतेधानप्रति कृषकको आकर्षण घट्दो रहेको थियो तर यस वर्षको मूल्यले कृषकमा चैतेधानप्रति आकर्षण बढाएको छ । हिउँदमा पनि निरन्तर सिँचाइको सुविधा हुने खेतमा चैतेधान लगाउने गरिन्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्