Shikhar Insurance
National Life

६ महिनामा ७ खर्ब ६३ अर्ब रेमिट्यान्स नेपाल भित्रियो

सिंहदरबार संवाददाता
२०८१ माघ २०, आईतवार १८:२७
Hyundai
NCELL
NIMB

काठमाडौं । चालु आवको ६ महिनामा ७ खर्ब ६३ अर्ब ८ करोड रुपैयाँ विप्रेषण आप्रवाह (रेमिट्यान्स) नेपाल भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार पुस मसान्तसम्म रेमिट्यान्स ४.१ प्रतिशतले बढेको हो ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १.१ प्रतिशतले वृद्धि भई ५ अर्ब ५८ करोड पुगेको तथ्यांकले देखाएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १९.५ प्रतिशतले बढेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ८ खर्ब ३२ अर्ब ७६ करोड पुगेको छ भने अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ७ खर्ब ९९ अर्ब ५४ करोड रहेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत नयाँ) लिने नेपालीको संख्या २ लाख ३०,४३९ र पुन: श्रम स्वीकृति लिनेको संख्या १ लाख ६२ हजार ६२८ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमश: २,०६,३९०२१,३३,९४० रहेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्