Skip to content
Shikhar Insurance
National Life

आइएमई पेबाट भुक्तानी गर्दा निसर्ग अस्पतालकाे सेवा सुविधामा २५ प्रतिशत छुट

Hyundai
NCELL
NIMB

काठमाडौं । ‘आइएमई पे’ र निसर्ग अस्पतालबीच छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार अब निसर्ग अस्पतालमा आइएमई पे मार्फत भुक्तानी गर्ने ग्राहकले २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

सम्झौतापत्रमा निसर्ग अस्पतालको तर्फबाट तीर्थराज पन्त र आइएमई डिजिटल सोलुसन लिमिटेडको तर्फबाट जगदीश अवस्थीले हस्ताक्षर गरेका हुन्।

उक्त सम्झौताअन्तर्गत निसर्ग अस्पतालको विभिन्न सेवा सुबिधा प्रयोग गरी आइएमई पे मार्फत भुक्तानी गर्दा सुबिधाबमोजिम ५ प्रतिशतदेखि २५ प्रतिशतसम्म छुट प्रदान गरिने छ। सो छुट १ वर्षका लागि लागू हुनेछ।

GBIME

प्रतिक्रिया दिनुहोस्