काठमाडौं । दक्षिण कोरियाका पाँच स्वदेशी र विदेशी अटोमोबाइल निर्माताहरूले उत्पादनमा त्रुटि भएका कारण करिब ७६ हजार सवारी साधन स्वैच्छिक रूपमा फिर्ता गर्ने भएका छन् । कोरियाको यातायात मन्त्रालयले त्रुटिपूर्ण ति सवारी साधनहरु बिभिन्न पाँच वटा कम्पनीका चर्चित ब्राण्डहरु रहेको जनाएको छ ।
भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार किया कर्पले निरो इलेक्ट्रिक भेइकल (इभी) लगायत दुई फरक मोडलका ३५ हजार ५७१ इकाइ त्रुटिपूर्ण एयरब्याग प्रणालीका लागि फिर्ता गर्नेछ ।
बीएमडब्लु कोरियाले कूलिङ पम्प तार कनेक्टरमा समस्या भएका कारण ५२८आई सेडान जस्ता २८ मोडलका २४ हजार ३७१ इकाइ फिर्ता गर्नेछ, जसले आगोको जोखिम निम्त्याउँछ ।
ट्रान्सफर्मर र हाइब्रिड कन्ट्रोल सिस्टममा भएका सफ्टवेयर त्रुटिहरूले रेनो कोरिया मोटर्सको अर्काना हाइब्रिड स्पोर्ट युटिलिटी भेहिकल (एसयूभी) सहित दुईवटा मोडलका आठ हजार ५६ इकाइहरू फिर्ता बोलाएको छ ।
टेस्ला कोरियाले मोडल वाईका सात हजार ७८१ इकाइहरूमा इलेक्ट्रिक पावर असिस्ट स्टेयरिङ (इपीएएस) प्रणालीमा भएका सफ्टवेयर त्रुटिहरू सुधार गर्नेछ ।
जगुआर ल्यान्ड रोभर कोरियाले डिफेन्डर ११० ए३०० एसयूभी सहित चार मोडलका ६०३ इकाइहरूमा सुधारात्मक कारबाही गर्नेछ ।
सवारी साधन मालिकहरूले मर्मत र सेवा केन्द्रहरूमा गएर दोषपूर्ण पार्टसहरु नि:शुल्क बदल्न सक्छन् । रासस
प्रतिक्रिया दिनुहोस्