Skip to content
Shikhar Insurance
National Life

सानिमा बैंक अब नवलपरासीको सुनवलमा

Hyundai
NCELL
NIMB

काठमाडौं। सानिमा बैंकले शुक्रबार नवलपरासीको सुनवल चोक, सुनवल नगरपालिका–४ मा नयाँ शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ ।

उक्त शाखा कार्यालयको उद्घाटन ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) तथा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले संयुक्त रुपमा गरे ।

उद्घाटन समारोहमा मह जोडीले नवलपरासीको सुनवलमा सानिमा बैंकको कार्यालय सञ्चालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकका रुपमा निरन्तर विस्तार हुन र थप सफलताका लागि शुभकामना व्यक्त गरे ।

त्यसैगरी सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेद्वारा बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे । सानिमा बैंकको देशका सातै प्रदेशमा १ सय ३२ वटा कार्यालय र १ सय २२ वटा एटीएम सञ्चालनमा छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्