Shikhar Insurance
National Life

‘6th SARFII Leaders Roundtable’ काठमाडौंमा सम्पन्न, समावेशी वित्तीय सेवाको प्रारूप तयार गर्ने

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन ८, बिहीबार १८:३२
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको अध्यक्षतामा ‘South Asia Region Financial Inclusion Initiative ( SARFII)’ को ‘6th Leaders Roundtable’ बैठक बिहिबार काठमाडौंमा सम्पन्न भएको छ ।

उक्त बैठकमा सेन्ट्रल बैंक अफ श्रीलङ्गाका गभर्नर डापी नन्दलाल वीरासिंघे, बङ्गलादेश बैंकका डेपुटी गभर्नर डा मोहम्मद हबिबुर रहमान, माल्दीभ्स मनिटरी अथोरिटीका डेपुटी गभर्नर इमाद अहमद, सेन्ट्रल बैंक अफ पाकिस्तानका कार्यकारी निर्देशक स्वेद समर हुस्नैन, बङ्गलादेशको अर्थ मन्त्रालयका सहसचिव कमरुल हक मारूफको उपस्थित थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

संशाधन, SARFI अन्तगतका Expert Group on Financial Inclusion Policy (EGFIP )’ को कार्यका सर्त (Terms of Reference) लगायतका विषयमा अवधारणा प्रस्तुत गरिएको थियो ।

उक्त अवधारणा उपर SARFII को सदस्य संस्थाका तर्फबाट विभिन्न धारणा प्रमुख / प्रतिनिधिको राखिएको थियो । बैठकले SARFII मार्फत सन् २०२५ मा सञ्चालन हुने वार्षिक कार्ययोजनालाई पनि स्वीकृत गरेको छ ।

बैठकको पहिलो सत्रमा सदस्य संस्थाका सबै सहभागीको तर्फबाट आ-आफ्नो मुलुकमा वित्तीय समावेशीकरणको विद्यमान स्थिति र दक्षिण एसियामा वित्तीय समावेशीकरणको प्रवर्द्धनका लागि SARFII मार्फत अवलम्बन गर्नुपर्ने भावी दृष्टिकोण प्रस्तुत गरिएको थियो ।

सो अवसरमा गभर्नर अधिकारीले वित्तीय समावेशीकरणको प्रवर्द्धनमा नेपाल राष्ट्र बैंकले गरेकाे प्रयासबारे उल्लेख गर्दै नेपालले वित्तीय पहुँच र विद्युतीय भुक्तानीको प्रयोगमा उल्लेख्य फड्को मारेको चर्चा गरे ।

दक्षिण एसिया क्षेत्रमा वित्तीय समावेशीकरणलाई सुदृढ बनाउनका निम्ति वित्तीय सेवाको डिजिटलाइजेसन, ग्राहक संरक्षण, डिजिटल वित्तीय साक्षरता र साना तथा मझौला उद्यममा वित्तीय सेवा विस्तारमा जोड दिन उनले आह्वान गरे ।

सो अवसरमा Alliance for Financial Inclusion (AFI ) का उप बैठकको “Leaders Roundtable’ सत्रमा स्वागत मन्तव्य राख्दै गभर्नर अधिकारीले दक्षिण एसिया क्षेत्रमा वित्तीय समावेशीकरणको लक्षित उद्देश्य प्राप्तिका निम्ति SARFII को गतिविधिलाई परिणाममुखी बनाउनुपर्ने आवश्यकता औँल्याए ।

त्यसको लागि क्षेत्रीय सहकार्य र समन्वयलाई थप सुदृढ बनाउनुपर्ने उनको धारणा थियो । र SARFII मार्फत क्षेत्रीय सहकार्य समन्वयलाई सुदृढ गर्दै आगामी पाँच वर्षका निम्ति दिगो, समावेशी र नवप्रवर्तनात्मक वित्तीय सेवाको प्रारूप तयार गर्ने विषयका एजेन्डालाई बैठकमा प्राथमिकता दिइएको थियो ।

त्यस क्रममा SARFII का सदस्य संस्थाका तर्फबाट ‘SARFII Charter ‘प्रमुख कार्यकारी अधिकृत सी सु युइनले उद्घाटन मन्तव्य राखेका थिए । बैठकमा गभर्नर अधिकारी र SARFII को उपाध्यक्ष संस्था स्टेट बैंक अफ पाकिस्तानका कार्यकारी निर्देशक हुस्नैनले समापन मन्तव्य राखेका थिए ।

Alliance for Financial Inclusion (AFI) को प्रयासमा २०२२ सेप्टेम्बरमा जोर्डनमा सम्पन्न AFI, Global Policy Forum को बाह्रौं बैठकबाट SARFII स्थापना भएको थियो । नेपाल राष्ट्र बैंकसहित बङ्गलादेश, भुटान, माल्दीभ्स, पाकिस्तान र श्रीलङ्गाका केन्द्रीय बैंक एवम् बङ्गलादेशस्थित माइक्रोक्रेडिट रेगुलेटरी अथोरिटी उक्त सञ्जालमा आबद्ध छन् । २०२४ सेप्टेम्बरदेखि SARFII को अध्यक्षता नेपाल राष्ट्र बैंकले गर्दै आएको छ ।

क्षेत्रीयस्तरमा ज्ञान आदानप्रदान, क्षमता अभिवृद्धि र संयुक्त सिकाइ अभ्यास, प्राविधिक सहायताको कार्यान्वयन, असल अभ्यासको अनुसरण गर्दै वित्तीय समावेशीकरणलाई गर्नेलगायतका उद्देश्यसहित SARFII गरिएको थियो ।

प्रवर्द्धन स्थापना ‘SARFII Leaders Roundtable बैठक आयोजना हुनुपूर्व फागुन ५ गते ‘Expert Group on Financial Inclusion Policy (EGFIP)’ र ‘Payment Expert Group (PEG ) को बैठक सञ्चालन गरी गरी सम्बन्धित एजेन्डामा छलफल गरिएको थियो । यसै गरी फागुन ५ देखि ७ गतेसम्म AFI र राष्ट्र बैंकको संयुक्त आयोजनामा ‘Regional Training on Enhancing Cyber Resilience in Digital Payments and Infrastructure’ विषयक तालिम सञ्चालन गरिएको थियो ।

सो अवसरमा साइबर सुरक्षा जोखिमको न्यूनीकरणका लागि क्षमता विकास, त्यस्ता जोखिमबाट वित्तीय ग्राहकको संरक्षण र सोसम्बन्धी क्षेत्रीय अभ्यासको अनुभव आदानप्रदानका विषयमा उक्त तालिमलाई केन्द्रित गरिएको थियो । तालिममा नेपाल बङ्गलादेश, पाकिस्तान, श्रीलड़ा माल्दीभ्सका ३१ जना प्रतिनिधिको सहभागिता थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्