काठमाडौं । सर्वोच्च अदालतले ५२ संवैधानिक पदाधिकारीको नियुक्ति सम्बन्धी मुद्धाको फैसला आज सुनाउने तयारी गरेको छ ।
यस अघि पटक पटक सुनुवाई मिति सर्दै आएको मुद्धाको जेठ २८ गते निर्णय सुनाउने भनिएको थियो । सो दिन पनि निर्णय सुनाउने तयारी नपुगेको भन्दै आज अर्था असार १८ गतेका लागि निर्णय सुनाउने नयाँ मिति तोकिएको थियो ।
सो मुद्धाको सुनुवाई प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, डा. कुमार चुडाल र डा. नहकुल सुवेदीको इजलासमा भएको थियो ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको बेला संसदीय सुनुवाइ नगरि बिभिन्न संबैधानिक निकायहरुमा ५२ पदाधिकारीहरु नियुक्त गरेका थिए ।
त्यसलाई बदर गर्न माग राखी सर्वोच्च अदालतमा १५ वटा रिट निवेदन परेका थिए । त्यसमा गत माघदेखि नियमित सुनुवाइ अघि बढेको थियो ।
५२ जना पदाधिकारी विरुद्धको मुद्धा भनिए पनि यो फैसलाको केन्द्रमा भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईलाई भने केन्द्रमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्