Shikhar Insurance
National Life

नेप्सेको सिइओका लागि ५ जनाको नाम सर्टलिस्टिङ, को-को परे ?

सिंहदरबार संवाददाता
२०८१ चैत्र ३, आईतवार ०७:१९
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सिईओ) को लागि ५ जनाको नाम सर्टलिस्टिङ भएको छ । छनौट समितिले  आइतबार १० जनाबाट ५ जनाको नाम छानेको हो ।

सिइओ नियुक्तिका लागि चुडामणी चापागाई, नारद कुमार लुइटेल, पुर्ण प्रसाद आचार्य,बद्री प्रसाद प्याकुरेल र हेमन्त बस्यालको नाम सर्टलिष्टिङमा परेको छ । नेप्सेको सिइओको लागि नारद कुमार लुइटेलको नाम फाइनल भैसकेको स्रोतको दाबी छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

प्रकृया पुरा गर्नका लागी मात्रै अन्य उम्मेदवारको व्यवसायिक कार्ययोजना र अन्तर्वार्ता लिने तयारी छनौट समितिको छ । सिइओ बन्न  १० जनाले आवेदन पेश गरेका थिए । जसमा पूर्ण प्रसाद आचार्य इलाम, बद्रि प्रसाद प्याकुरेल नुवाकोट, नारद कुमार लुइटेल सर्लाही, युवराज दाहाल झापा, प्रविण अधिकारी काभ्रेपलाञ्चोकले आवेदन दिएका थिए ।

त्यस्तै, चुडामणी चापागाई झापा, बिमल कुमार तिवारी सिराहा, कृष्ण बहादुर कार्की पाल्पा, हेमन्त बश्याल पाल्पा, मुकन्द राज जोशी डडेलधुराको आवेदन परेको थियो । आवेदक मध्ये सर्लाहिका लुइटेल लगभग पक्का भएको उच्च स्रोतको दाबी छ । व्यवसायिक घरानाको महत्वपुर्ण छलफलबाट लुइटेलको नाम सिफारिस भएसँगै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लुइटेलको नाम अनुमोदन गर्ने स्रोतको दाबी छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्