काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आइतबार हिमालयन डिष्लिरी लिमिटेड र डिप्रोक्स लघुवित्त विकास बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । दुई कम्पनीको कुल ५६ लाख २९ हजार ६ सय ७२.१ कित्ता सूचीकृत भएको हो ।
नेप्सेमा हिमालयन डिष्लिरी लिमिटेडको १५ प्रतिशत बोनस बापतको ४० लाख ८ हजार ७ सय ८४.९७ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
साथै, डिप्रोक्स लघुवित्त विकास बैंकको ९.५० प्रतिशत बापतको १६ लाख २० हजार ८ सय ८७.१३ कित्ता कोनस सेयर सूचीकृत भएको छ ।
अब कम्पनीको दोस्रो बजारमा भोलि अर्थात फागुन १२ गतेदेखि नेप्सेमा कारोबार हुनेछ ।
प्रतिक्रिया दिनुहोस्