काठमाडौं । नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल राष्ट्र बैंकको केन्द्रीय समितिले राष्ट्र बैंकका नवनियुक्त गभर्नरको बधाई र शुभकामना तथा संगठनको चौथो केन्द्रीय परिषद बैठक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रम संगठनका अध्यक्ष कृष्ण केसीको अध्यक्षता जेठ २१ गते सम्पन्न भएको हो । कार्यक्रममा पूर्व अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन (अनन्त) को प्रमुख आतिथ्यता तथा नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलको विशिष्ठ आतिथ्यता रहेको थियो ।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरहरु, नेपाल राष्ट्रिय कर्मचारी महासंघ नेपाल, राष्ट्रिय कर्मचारी संघ राष्ट्रिय समिति, नेपाल राष्ट्र बैंक कर्मचारी संघ र नेपाल वित्तीय संस्था कर्मचारी संघका अध्यक्षहरु तथा नेपाल राष्ट्रिय कर्मचारी संगठनका पुर्व अध्यक्षहरुको आतिथ्यता रहेको उक्त कार्यक्रममा संगठनको उपाध्यक्ष गीता खतिवडाले स्वागत मन्तव्य राखेका थिए भने संगठनको आधिकारीक धारणा महासचिव गोपी कृष्ण अर्यालले राखेका थिए ।
यसैगरी, नेपाल राष्ट्रिय कर्मचारी महासंघ नेपालका अध्यक्ष मणीरत्न श्रेष्ठ, नेपाल वित्तीय संस्था कर्मचारी संघका अध्यक्ष हरिकृष्ण भट्टराई, नेपाल राष्ट्र बैंक कर्मचारी संघका अध्यक्ष रामहरि घिमिरेज्यूले शुभकामना मन्तव्य राखेका थिए ।
विशिष्ठ अतिथि नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलले बैंकमा क्रियाशिल यूनियनहरुले आम कर्मचारीको भावना र मर्का व्यवस्थापन समक्ष प्रस्तुत गर्नु पर्ने र बैंक व्यवस्थापनले यूनियनका रचनात्मक सुझावहरुको सकारात्मक रुपमा सम्बोधन गर्ने धारणा व्यक्त गरे ।
त्यसैगरी, कार्यक्रममा प्रमुख अतिथि पूर्व अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन (अनन्त) ले वित्त नीति र मौद्रिक नीति एक अर्कामा परिपुरक रहने भएकोले समन्वय र सहकार्यले मात्र समग्र वित्तीय प्रणलीलाई सवल र सक्षम बनाउन सकिने धारण राखे ।
साथै, हालको नेपाल सरकारको वित्त नीति रुपान्तरणकारी नभएको सन्र्दभमा जनतामा आशा जगाउने किसिमको मौद्रिक नीति तर्जूमा गर्न सुझाव दिए । साथै, यूनियन र व्यवस्थापनको सहकार्यबाट नै बैंकको लक्षित उद्देश्य हासिल गर्न सहयोग पुग्ने धारण राखे ।
प्रतिक्रिया दिनुहोस्