काठमाडौं । सरकारले तीन जना सचिवको सरुवा गरेको छ । असार ९ गते बसेको मन्त्रिपरिषद बैठकले सचिवहरुको सरुवा गरेको हो ।
सचिव शोभाकान्त पौडेल अर्थ मन्त्रालय अन्तर्गतको महालेखा नियन्त्रक कार्यालयमा आएका छन् ।
भरतमणि सुवेदी राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग सरुवा भएको छ । निर्वाचन आयोगमा महादेव पन्थ र गण्डगी प्रदेशको प्रमुख सचिवमा डा. खगेन्द्र प्रसाद सुवेदी सरुवा भएका छन् ।
प्रतिक्रिया दिनुहोस्