Skip to content
Shikhar Insurance
National Life

४ संघको एकै स्वर ‘बैंक तथा वित्तीय संस्थालाई खलबलाउन अराजक गतिविधि भैरहेका छन्, भ्रामक सूचनामा विस्वास नगरौं’

Hyundai
NCELL
NIMB

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमाथी भैरहेको आक्रमण विरुद्ध ४ संघ सस्थाहरु एक ठाउम उभिएका छन् । बैंक तथा वित्तीय संस्थाहरुलाई खलबलाउन अराजक गतिविधि भैरहेको भन्दै सम्पुर्ण ग्राहकलाई झुटा सूचनामा विस्वास नगर्न आग्रह गरेका हुन् ।

४ संस्थाहरुले सयुक्त विज्ञप्ति जारी गर्दै नेपालका विभिन्न बैंक, वित्तीय र लघुवित्त संस्थाहरूले हाल बैंक तथा वित्तीय संस्थालाई खलबलाउन भइरहेको अराजक गतिविधिहरूप्रति ध्यानाकर्षण भएको बताएका छन् ।

नेपाल बैंकर्स संघ, नेपाल वित्तीय संस्था संघ, डेभलपमेण्ट बैंकर्स एशेसिएसन नेपाल, नेपाल लघुवित्त बैंकर्स संघ लगायतका संस्थाहरूले सामाजिक सञ्जालमा बैंक र वित्तीय संस्थाहरूको नाम प्रयोग गरी फैलाइएका भ्रामक र गलत सूचना तथा समाचारहरूको विषयमा ध्यानाकर्षण गराएका हुन् ।

विज्ञप्तिमा जारी गर्दै नेपालका बैंक, वित्तीय तथा लघुवित्त संस्थाहरूको निक्षेपकर्ताहरूको रकम सुरक्षित रहेको र यी संस्थाहरूको जोखिम बहन गर्ने क्षमता मजबूत रहेको जनाएको छ । नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम ५ लाख रुपैयाँसम्मको निक्षेप सरकारद्वारा स्थापित ‘निक्षेप तथा कर्जा सुरक्षण कोष’ मार्फत संरक्षित गरिएको समेत वित्तप्तिमा उल्लेख गरिएको छ।

वित्तप्तिमा लेखिएको छ, ‘सामाजिक संजालहरुमा देखिने गलत तथा भ्रामक टिप्पणीहरुमा कुनै ध्यान नदिनु हुन र सम्बन्धित सरोकार निकायहरुले सम्प्रेषण गरेको सूचना तथा समाचारहरुलाई मात्र आधिकारिक रुपमा लिनुहुन अनुरोध गर्दछौं ।’

साथै, संघहरुले आम सर्वसाधारणहरुलाई त्रसित पार्ने, समाज खलबलाउने, गलत, आपत्तीजनक अभिव्यक्ति दिने र ग्राहकलाई बैंकिङ्ग सेवा प्रयोग गर्ने अधिकारबाट वञ्चित गराउनेहरुलाई कानूनको दायरामा ल्याई आवश्यक कारवाही गर्न समेत सरकारी निकायहरुलाई आग्रह गरेको छ । पाथीभरामा केवलकार निर्माणको विषयलाई ग्लोबल आईएमई बैंक लक्षित गरि झुटा प्रचार भैरहेको छ । केहि समयअघि मेडिकल व्यवसायी दुर्गा प्रसाईले बैंकबाट लिउको ऋण तिर्नु पर्दैन भन्दै झुटा प्रचार गरेका थिए ।

अहिले बैंक तथा वित्तिय संस्थाहरुले लगानी गरेको ऋण उठाउन कठिन भैरहेको छ ।  बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुको ज्यानको असुरक्षा समेत बढ्न थालेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्