Skip to content
Shikhar Insurance
National Life

लाभांश पारित गर्दै सेञ्चुरीको साधारणसभा सम्पन्न, २.४१ प्रतिशत संस्थापक सेयरलाई पब्लिक बनाउने

Hyundai
NCELL
NIMB

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको एघारौं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठको अध्यक्षतामा आर्मी अफिसर्स क्लब, भद्रकालीमा भौतिक उपस्थिति एवं अनलाइन (जुम) मार्फत समेत एकैसाथ सञ्चालन भएको हो ।

साधारण सभाले बैंकको चुक्ता पूँजीको ६.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव परित गरेको छ । बैंकले २०७८ असार मसान्तमा कायम चुक्ता पुँजी ९ अर्ब ३ करोड ४४ लाख २९ हजारमाको ५.७५ प्रतिशतले हुन आउने ५१ करोड ९४ लाख ७९ हजारको बोनस सेयर र कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.३० प्रतिशतले हुन आउने २ करोड ७३ लाख ४१ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७७/७८ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण बाँडफाड लगायतका प्रतिवेदन पारित गरेको छ । साथै साधारण सभाबाट बैंकको संस्थापक समूहमा हाल रहेको ५३.४१ प्रतिशत सेयर संरचनालाई ५१ प्रतिशत हुने गरी सेयरधनीहको सेयर संरचना परिवर्तन गर्ने सञ्चालक समितिको निर्णय अनुमोदन गरेको छ ।

आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिग सेवा प्रदान गर्दै आएको सेञ्चुरी कमर्सियल बैंकले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म आफ्ना १२६ शाखा १० एक्सटेन्सन काउन्टर, २५ शाखा रहित बैंकिङ्ग र १०८ एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्