Shikhar Insurance
National Life

नेपालगञ्जबाट काठमाडौं आउँदै गरेकाे बस दुर्घटना हुँदा २३ जना घाइते

सिंहदरबार संवाददाता
२०८१ माघ २७, आईतवार १०:३३
Hyundai
NCELL
NIMB

चितवन । नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको लु प्र ०३–००१ ख ००७७ नम्बरको बस आज बिहान ४:३० बजे नारायणगढ–मुग्लिन सडकखण्डको सेतीदोभान पुलबाट खस्दा २३ जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले बस दुर्घटनामा बसमा सवार २८ जनामध्ये २३ जना घाइते भएको जानकारी दिएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनका अनुसार घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । अन्य यात्रु सकुशल छन् । ‘टायर पञ्चर’ हुँदा बस अनियन्त्रित भएर दुर्घटनामा परेको हुनसक्ने प्रहरी निरीक्षक भण्डारीले जानकारी दिए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्