काठमाडौं । कुमारी बैंक लिमिटेड र भाटभटेनी टंगाल, काठमाडौंस्थित क्राउन ल्याबोरेटोरी तथा रेफरल केन्द्र (के.ल्याब) बिच विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
यस सम्झौता बमोजिम ल्याबबाट प्रदान गरिदै आएका सेवाहरुमा ग्राहकहरूलाई आन्तरिक ल्याब टेष्टमा २० प्रतिशत र बाह्य ल्याब टेष्टमा १० प्रतिशतसम्म छुट दिने भएको छ ।
बैंकले ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्