काठमाडौं । चालु आवको आठ महिनामा २० वाणिज्य बैंकले ४३ अर्ब बढी नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकले आज (बुधबार) सार्वजनिक गरेको तथ्यांकअनुसार वाणिज्य बैंकहरुले फागुन मसान्तसम्ममा ४३ अर्ब ४९ करोड ६४ लाख रुपैयाँ नाफा आर्जन गरेका हुन् ।
आठ महिनामा सबैभन्दा धेरै नाफा कमाउनेमा पहिलो नम्बरमा नबिल बैंक रहेको छ । बैंकले ४ अर्ब ७८ करोड ७६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । त्यसैगरी, सबैभन्दा धेरै नाफा कमाउने बैंकहरुको दोस्रो नम्बरमा ग्लोबल आइएमई बैंक रहेको छ, जसले ८ महिनामा ४ अर्ब ७२ करोड ९४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआइएमबी) ले ४ अर्ब ८ करोड ५७ लाख रुपैयाँ नाफा कमाएर तेस्रो स्थान सुरक्षित गरेको छ ।
त्यसैगरी, चालु आवको आठ महिनामा एभरेष्ट बैंकले ३ अर्ब ८८ लाख रुपैयाँ, नेपाल बैंकले २ अर्ब ९८ करोड ७९ लाख रुपैयाँ, एनएमबी बैंकले २ अर्ब ७१ करोड ६७ लाख रुपैयाँ, प्राइम कमर्सियल बैंकले २ अर्ब ५० करोेड ३० लाख रुपैयाँ नाफा कमाएकोे छ ।
त्यस्तै, समिक्षा अवधिमा स्टान्डर्ड चार्टर्ड बैंकको नाफा २ अर्ब १७ करोड ५२ लाख रुपैयाँ, प्रभु बैंकको २ अर्ब ११ करोड ५० लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकको १ अर्ब ९९ करोड २७ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको १ अर्ब ७२ करोड ३९ लाख रुपैयाँ, सानिमा बैंकको १ अर्ब ६८ करोड ३२ लाख रुपैयाँ नाफा रहेको भने हिमालयन बैंकले १ अर्ब ६६ करोड ९७ लाख रुपैयाँ, सिद्धार्थ बैंकले १ अर्ब २१ करोड ६९ लाख रुपैयाँ नाफा आर्जन गरेको राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा देखाइएको छ ।
आठ महिनामा माच्छापुच्छ्रे बैंकले १ अर्ब १६ करोड २२ लाख रुपैयाँ, सिटिजन्स बैंकले १ अर्ब १६ करोड १६ लाख रुपैयाँ, नेपाल एसबीआई बैंंकले १ अर्ब २४ रोड ९० लाख रुपैयाँ, कुमारी बैंकले ९६ करोड ९१ लख रुपैयाँ, एनआइसी एशिया बैंकले ८१ करोड ९९ लाख रुपैयाँ र कृषि विकास बैंकले ७३ करोड ८० लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
प्रतिक्रिया दिनुहोस्