Skip to content
Shikhar Insurance
National Life

होटल मदिरा र महँगो सुनमा यसरी उठाइदैछ २ प्रतिशत लक्जरी कर, नतिरे १५ प्रतिशत ब्याज लाग्ने

Hyundai
NCELL
NIMB

काठमाडौं । आर्थिक ऐन २०८२ ले सुन, पाँच तारे होटल र विदेशी मदिरालाई विलाशिता शुल्क (लक्जरी कर) को घोषणा गरेको छ । बिक्री मूल्यमा नै २ प्रतिशत कर लाग्नेगरी आर्थिक ऐन २०८२ आएको हो ।

ऐनले सुनका गरगहना बिक्रीमा सिधैं २ प्रतिशत कर तोकेको छ । उदाहरणका लागि कुनै ए भन्ने व्यक्तिले १ लाख मूल्य बराबरको सुन खरिद गर्यो भने अब उसले सो मूल्यमा २ प्रतिशतका दरले २ हजार विलाशिता शुल्क तिर्नुपर्छ ।

सुनमा विलाशिता शुल्कको भने नेपाल सुनचादी व्यवसायी महासंघले भने विरोध जनाएका छन् ।

सुनका गरगहनामा विलासी शुल्क लाग्दा नेपालको गरगहना भन्दा भारतमा सस्तो पर्न गई भारतबाट सुनका गर गहना आयात हुने अनुमान महासंघको छ । यसअघि सरकारले चोरी तस्करी बढेपछि सुनमा लाग्दै आएको २० प्रतिशत भन्सार महशुल १० प्रतिशतमा सिमित गरेको थियो ।

यसैगरी, सुनका गरगहना निर्यात गर्ने उद्योगहरुलाई सुन आयातका लागि अनुमति दिएको छ । २०८२ को बजेट बक्तव्यमा भनिएको छ, ‘सुन चादीको गहना निर्यात गर्ने उद्योगलाई बण्डेड वेयर हाउस सुविधा प्रदान गरिनेछ, सुन चाँदीको गहना विदेश निर्यात गर्ने उद्योगले निर्यात गरी प्राप्त गर्ने ५० प्रतिशत विदेशी मुद्राको सुन चादी आयात गर्न दिइनेछ ।’ भनि उल्लेख छ ।

अब विदेशमा सुन चाँदीका ‍गहना निर्यात गर्ने उद्योगले निर्यात मूल्यको ५० प्रतिशत रकमले सुन खरिद गर्न पाउने भएको छ । अहिले सरकारले सुनको कारोबार वाणिज्य बैंकहरुलाई दिएको छ । वाणिज्य बैंकहरुलाई राष्ट्र बैंकले हाल दैनिक २० किलो सुन खरिदको अनुमति दिएको छ ।

सरकारले नयाँ व्यवस्था गर्दै उद्योगलाई नै सुन खरिद गर्ने अनुमति दिने भएको हो ।

उद्योगीलाई नै सुन चाँदीको आयातको अनुमति दिएको सरकारले बिक्रीमा २ प्रतिशत कर थपेको हो । यसैगरी, पाँच तारे स्तरको होटलको सेवा र विदेशी मदिरामा पनि विलाशी शुल्क लाग्नेछ ।

यसरी तिर्नु पर्नेछ विलासी कर

पाँचतारे होटल र सुनमा बिक्रीको बखतमै कर असुली गरी कर कार्यालयमा बुझाउनु पर्नेछ । तर विदेशी मदिरामा भने भन्सार विन्दुमा नै कर असुली हुनेछ । पाँचतारे होटल र सुनमा बिक्रीबाट उठेको कर अर्को महिनाको २५ गतेभित्र राजस्व खातामा दाखिला गरी सोको विवरण कर कार्यालयलाई बुझाउनु पर्नेछ ।

यदी कुनै करदाताले विलासी छलि गरेको भेटिएमा कर अधिकृतले कर निर्धारण गर्न सक्नेछ । विलासिता शुल्क निर्धारण गर्दा कर॒ अधिकृतले सम्बन्धित व्यक्तिलाई आपनो सफाई पेश गर्न १५ दिनको म्याद दिनु पर्ने व्यवस्था छ ।

विलासिता शुल्क दाखिल नगेरेको वा कम दाखिल गरेको अवस्थामा दाखिल गर्न वाकी विलासिता शुल्कमा वार्षिक १५ प्रतिशतका दरले व्याज लाग्नेछ ।

यस्तो छ व्यवस्था

GBIME

प्रतिक्रिया दिनुहोस्