काठमाडौं । राष्ट्र बैंकको १८ औं गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले डा. पौडेललाई गभर्नर नियुक्त गरेको हो ।
अर्थविद पौडेललाई १८ औं गभर्नरमा नियुक्त गरेको सरकार प्रवक्ता तथा संचार मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
लामो रस्साकस्सीपछि राष्ट्र बैंककले गभर्नर पाएको हो । गभर्नर नियुक्तिको विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाबिच चर्को विवाद रहँदै आएको थियो ।
नेपाली काँग्रेसले गभर्नर नपाए सरकार ढाल्ने चेतावनी प्रधामन्त्री ओलीलाई सभापति देउवाले दिएपछि ओली गलेका हुन् । डा. पौडेल सभापति देउवा प्रधानमन्त्री रहँदा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष बनेका थिए ।
नेपाली काँग्रेसले गभर्नर नपाए सरकार ढाल्ने चेतावनी प्रधामन्त्री ओलीलाई सभापति देउवाले दिएपछि ओली गलेका हुन् । डा. पौडेल सभापति देउवा प्रधानमन्त्री रहँदा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष बनेका थिए ।
उनी सन् २०२३ जुलाईदेखी काठमाडौं विश्वविद्यालय (केयू) प्राध्यापकका रुपमा कार्यरत छन् । नेपाली काँग्रेसको तर्फबाट चितवन जिल्लाबाट चुनाव लडेपनि उनले २ वर्ष अगावै पार्टी सदस्यता त्यगिसकेका छन् ।
उनी युलेन्स एजुकेशन फाउन्डेसन ट्रस्टी बोर्डको सदस्य समेत हुन् । सानिमा मध्य तमोर जलविद्युत कम्पनीको बोर्डमा समेत बसेर काम गरेका छन् ।
यस्तै, अन्तर्राष्ट्रिय श्रम संगठनमा आर्थिक सल्लाहकार बनेर काम गरिसकेका छन् । विश्व बैंकमा समेत अल्पकालीन सल्लाहकारको रुपमा काम गरेका छन् । उनले क्यालिफोर्निया युनिभर्सिटीबाट पिएचडी सन् २०१० मा सकेका थिए ।
प्रतिक्रिया दिनुहोस्