Skip to content
Shikhar Insurance
National Life

गौशाला सञ्चालनका लागि १७ रोपनी जग्गा प्रदान

Hyundai
NCELL
NIMB

म्याग्दी । बेनी नगरपालिका–२ मा गौशाला सञ्चालनका लागि स्थानीय दीपक मल्लले १७ रोपनी १४ आना जग्गा प्रदान गरेका छन् ।

गौशाला सञ्चालन, आयुर्वेद अनुसन्धान केन्द्र स्थापना तथा गिरिराजको मूर्ति निर्माण गर्ने उद्देश्यले वैशाख १५ देखि ३० गतेसम्म यहाँ सञ्चालन भएको महायज्ञमा जग्गाबाहेक नगद १ करोड पाँच लाख सङ्कलन भएको आर्थिक सङ्कलन उपसमितिका संयोजक हिराबहादुर थापाले बताए ।

बेनी नगरपालिका र वडा नं २ का जनप्रतिनिधिले गौस्वाराको पूर्वाधार निर्माणमा रु १५ लाख विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् भने ३८ फिट अग्लो गोवर्द्धन पर्वत आगामी छ महिनाभित्र पूरा गर्नेगरी निर्माण थालिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्