Skip to content
Shikhar Insurance
National Life

इला होटल्स एण्ड रिसोर्टसका होटलहरूमा एससीटी-युपीआई कार्ड प्रयोगकर्ताहरुलाई १५ प्रतिशत छुट

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र नेपालकै उत्कृष्ट होटल ग्रुपहरू मध्ये पर्ने इला होटल्स एण्ड रिसोट्र्सबिच एससीटी-युपीआई कार्डका ग्राहकहरूलाई १५ प्रतिशतसम्मको छुट हुने सम्झौता भएको छ ।

उक्त सम्झौता अनुसार जुन १, २०२५ देखि डिसेम्बर ३१, २०२५ सम्म बागलुङ स्थित इला कमफर्ट, र मौलाकाली स्थित इला होटेल्स एंड रिसोर्टसमा एससीटी-युपीआई कार्डका ग्राहकले कार्डबाटै भुक्तानी गरेमा फूड एंड बेभेरेज बिलमा तथा रुमको महसुल दरमा १५ प्रतिशत छुट पाउनेछन् ।

रुम महसुलमा छुट पीओएसमा हुने कारोबारमा मात्र उपलब्ध हुनेछ । एससीटीले हाल २१ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत एससीटी-युपीआई कार्ड जारी गर्दै आइरहेको छ ।

यो अफर मार्फत कार्डको अधिकतम प्रयोग गराउने र कार्डमार्फत नगदरहीत कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको छ ।

एससीटी-युपीआई कार्ड नहुने ग्राहकहरूले पनि यस अफरमा सहभागी हुनलाई आफ्नो नजिकैको बैंक तथा वित्तीय संस्थामा गएर एससीटी-युपीआई कार्ड माग गरी कार्ड प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्