काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीन बीचको १४ वटा परम्परागत व्यापारिक नाकाहरुमध्ये १३ नाका पुन:सञ्चालनमा आइसकेको बताएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुसँगको प्रश्नोत्तर कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले बझाङ जिल्लाको उरैभञ्ज्याङ सुचारु गर्नका लागि कुटनीतिक पहल भइरहेको बताए । उनले सीमा नाका रहेको जिल्लाका नेपाली नागरिकलाई चीन आवगमनका लागि अनुपति पत्र उपलब्ध गराउन कार्यविधिसेमत कार्यान्वयनमा आइसकेको बताए ।
व्यापारिक नाका सञ्चालन तथा सीमा व्यवस्थापनबारे सन् २०१९ मै नेपाल र चीनबीच हस्ताक्षर भएको उनको भनाइ छ । प्रधानमन्त्री ओलीले नाका सञ्चालनमै रहेपनि हिउँ परेका कारण अस्थायी रुपमा केही नाकाबाट आवागमन हुन नसकेको हुनसक्ने बताए ।
प्रतिक्रिया दिनुहोस्