काठमाडौं । राष्ट्रिय सूचना आयोगले सूचनाको हक सम्बन्धी नियमावली २०६५, अनुगमन निर्देशिका २०७६ र आयोगबाट जारी भएका अन्य निर्देशिका एवं कार्यविधिहरुमा संशोधन एवं समसामयिक सुधार सहितको प्रतिवेदन पेश गर्न समिति गठन गर्ने भएको छ ।
सोमबार काठमाडौंमा पत्रकार सम्मलेन गरी आयोगले निर्देशिका एवं कार्यविधिहरुमा संशोधन एवं समसामयिक सुधार सहितको प्रतिवेदन पेश गर्न समिति गठन गर्ने निर्णय गरेको हो । आयोगले सूचनाको हक सम्बन्धी ऐन, २०६४ ले आयोगले आवश्यकताअनुसार कार्यालय खोल्नसक्ने कानूनी व्यवस्था गरेको सन्दर्भमा संगठन तथा व्यवस्थापन सर्वेक्षणको लगि सैद्धान्तिक सहमतिसहित पक्रिया अगाडि बढाउने आयोगको निर्णय छ ।
पत्रकार सम्मेलनमा राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा सुरेशप्रसाद आचार्यले यस अतिरिक्त आयोगका नियमित कामहरु अन्तर्गत सूचना अभियन्ताहरुको पुनरावेदन लिने र तदनुसार आदेश गर्ने काम भइरहेको बताए ।
पछिल्लो एक महिनाको अवधिमा सूचनाको हक सम्बन्धी १४ वटा पुनरावेदन प्राप्त भएको जानकारी दिए । प्रक्रियामा रहेका ५६ वटा पुनरावेदनमा आदेश भएको बताए । उनकाअनुसार आयोगले राष्ट्रिय सूचना आयोगको १७ औँ स्थापना दिवस २०८२ वैशाख २२ गते भव्यताका साथ मनाउने र राष्ट्रपति रामचन्द्र पौडेललाई प्रमुख अतिथिका रुपमा बोलाइएको जानकारी दिए ।
स्थापना दिवसकै सन्दर्भमा उत्कृष्ट सूचना अधिकारी छनोटको लागि आवेदन आह्वान गर्दै गोरखापत्र र आयोगको वेबसाईटमार्फत २०८१ फागुन २७ मा सूचना प्रकाशन गरिएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्