काठमाडौं । एनएमबि बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख २२ हजार १२ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
सेयर खरिदको लागि संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी कम्पनी सचिवको कार्यालयमा बबरमहल आवेदन पेश गर्ने सक्नेछन् ।
साथै, तोकिएको समय अवधि भित्र संस्थापक सेयरधनीबाट आवेदन नपरेमा कम्पनीले कानून बमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रकृया अगाडी बढाउने एक सूचनामार्फत जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्