काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षका लागि १२ जनाको आवेदन परेको छ । आज (माघ ११ गते) अन्तिम दिनसम्ममा १२ जनाको आवेदन दर्ता भएको हो । प्राधिकरणको अध्यक्ष नियुक्तिका निम्ति गठित सिफारिस समितिले गत पुस २६ गते १५ दिनको समय राखेर आवेदन माग गरेको थियो ।
यसअघिका अध्यक्ष सूर्य सिलवालबिरुद्ध अख्तियारले मुद्दा दर्ता गरेपछि उनी पदबाट स्वत निलम्बन भएका थिए ।
अध्यक्ष पदको निम्ति बीमा, मौद्रिक, बैंकिङ, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित, अर्थशास्त्र वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर वा त्योसरहको उपाधि हासिल गरेको हुनुपर्ने प्रावधान छ । सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको उच्च व्यवस्थापकीय कार्यानुभव हासिल गरेको पनि हुनुपर्नेछ ।
अध्यक्षमा आवेदन दिनेहरुमा कमल प्रसाद रेग्मी, डा देवराज रोका, शरद ओझा, चिरन्जिवी चापागाइ, विष्णु वावु मिस्र, वुद्ध काजी श्रेष्ठ रहेका छन् । त्यस्तै दामोदर वसाैला, डिम प्रसाद पौडेल, राम शरण पुडाशैनी, विक्रान्त पाण्डे, रमण नेपाल र विनोद काजी श्रेष्ठ रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्