Skip to content
Shikhar Insurance
National Life

चैत २४ गते सार्वजनिक बिदा दिने, यस्ता छन् मन्त्रिपरिषदको ११ निर्णय

Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले चैत २४ गते सार्वजनिक बिदा दिने भएको छ । चैत ४ गते बसेको मन्त्रिपरिषदको निर्णयबाट बिदा दिने निर्णय गरेको हो ।

यस्तो छ मन्त्रिपरिषदको ११ निर्णय

विश्व बैंकमार्फत विद्यालय क्षेत्र सुधार कार्यक्रमको लागि प्राप्त हुने अनुदान सहायता प्राप्त गर्ने सम्बन्धमा वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्माको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।

ऋण असुली न्यायधिकरणको बैंकिङ्ग सदस्य पदमा नरेशराज अर्याल, काठमाडौंलाई नियुक्त गरेको छ । नेपाल प्रहरीको प्रहरी महानिरीक्षक पदमा प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापालाई नियुक्त गरेको छ ।

विक्रम सम्वत् २०८१ साल चैत २४ गतेका दिन सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। अर्घाखाँचीका  यदुनाथ पौडेललाई जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको प्रबन्ध सञ्चालक पदमा नियुक्त गर्न जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको सञ्चालक समितिलाई निर्देशन दिने निर्णय गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्