काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मार्जिन कारोबारका लागि योग्य सूचीकृत कम्पनीहरुको सूची सार्वजनिक गरेको छ । मंगलबार सार्वजनिक सूची अनुसार १ सय २ वटा सूचीकृत कम्पनीहरु मार्जिन कारोबारका लागि योग्य भएका छन् ।
मार्जिन कारोबारका लागि वाणिज्य बैंक, विकास बैंक, लघुवित्त, इन्स्योरेन्स र अन्य कम्पनीहरु गरी कुल १ सय २ कम्पनीहरु रहेका छन् ।
मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि, २०७५ को परिच्छेद ३ को दफा ८ बमोजिम मापदण्ड पूरा गरेका कम्पनीहरुलाई मार्जिन कारोबार योग्य कम्पनीको सूचीमा राखिएको नेप्सेले जनाएको छ ।
कुन कुन कम्पनी पर्याे मार्जिन काराेबरामा
प्रतिक्रिया दिनुहोस्