Skip to content
Shikhar Insurance
National Life

अवैध रूपमा कटान एक हजार क्यु फिट काठ निकुञ्जको नियन्त्रणमा

Hyundai
NCELL
NIMB

सङ्खुवासभा । यहाँको मकालु बरुण राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा अवैध रूपमा कटान गरिएको करिब एक हजार क्यु फिट सल्लाको काठ निकुञ्जले नियन्त्रणमा लिएको छ । निकुञ्जका अनुसार भोटखोला–२, शङ्खभीर क्षेत्रमा १५० क्यु फिट अनुमति लिएर एक हजार क्यु फिट बढी काठ कटान गरिएको फेला परेको हो ।

सो काठ नियन्त्रणमा लिइएको मकालु बरुण राष्ट्रिय निकुञ्जका प्रमुख अर्जुन भुसालले जानकारी दिए । भुसालका अनुसार स्थानीय नार्चे भोटेले तोकिएको मात्राभन्दा धेरै काठ कटान गरेका थिए । भोटेका विरुद्ध पक्राउ पुर्जीसमेत जारी गरिएको निकुञ्जले जनाएको छ । जङ्गलमा फेला परेको सम्पूर्ण काठमा सङ्केत गरिएको छ । उक्त काठको सुरक्षाको जिम्मा दम्दाङ्मा सामुदायिक वनलाई दिइएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्