Skip to content
Shikhar Insurance
National Life

नेप्सेको सीईओका लागि १० जनाले दिए आवेदन, नारद लुइटेलको लगभग पक्का

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सिईओ) को रिक्त पदका लागि १० जनाले आवेदन पेश गरेका छन् । नेप्सेको सिईओ पदका लागि गठित सिफारिस समितिमा १० जनाले आवेदन दिएका हुन् ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार नेप्सेको प्रमुख कार्यकारी अधिकृतको पदको लागि पूर्ण प्रसाद आचार्य इलाम, बद्रि प्रसाद प्याकुरेल नुवाकोट, नारद कुमार लुइटेल सर्लाही, युवराज दाहाल झापा, प्रविण अधिकारी काभ्रेपलाञ्चोकले आवेदन दिएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, चुडामणी चापागाई झापा, बिमल कुमार तिवारी सिराहा, कृष्ण बहादुर कार्की पाल्पा, हेमन्त बश्याल पाल्पा, मुकन्द राज जोशी डडेलधुराको आवेदन परेको छ । आवेदक मध्ये सर्लाहिका लुइटेल लगभग पक्का भएको उच्च स्रोतको दाबी छ । व्यवसायिक घरानाको महत्वपुर्ण छलफलबाट लुइटेलको नाम सिफारिस भएसँगै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लुइटेलको नाम अनुमोदन गर्ने स्रोतको दाबी छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE